काठमाडौं । संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने ३९ वटा कानुनहरू बन्न बाँकी रहेका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनहरूका सम्बन्धमा अध्ययन गर्न गठन गरेको उपसमितिले मङ्गलवार समितिमा अध्ययन प्रतिवेदन बुझाउँदै संविधान कार्यान्वयनको लागि अझै ३९ वटा कानुन बन्न बाँकी रहेको जानकारी दिएको हो ।
अध्ययन प्रतिवेदन बुझाउँदै संसदीय उपसमितिका संयोजक डा. वेदुराम भुसालले ३९ वटा विधेयक ल्याउनुपर्नेमा सबैभन्दा बढी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित कानुनहरू बन्न बाँकी रहेको बताए । उनकाअनुसार कानुन मन्त्रालयसँग सम्बन्धित १३ वटा र एउटा संयुक्त गरी १४ कानुनहरू बन्न बाँकी रहेका छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित ८ वटा कानुनहरू अझै बन्न बाँकी रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया