रौतहट स्कर्पियो दुर्घटना अपडेट : ८ मृतक र ५ घाइतेको पहिचान खुल्यो (नामावलीसहित)

लोकपथ
91
Shares

रौतहट । जिल्लाको चन्द्रनिहागपुर नगरपालिका–४ धन्सारमा भएको स्कर्पियो दुर्घटनामा घाइते र मृतक सबैको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृत्यु र घाइते हुनेहरु सबै सिराहा अर्नामा गाउँपालिका–३ बंठियाटोलका रहेका छन् ।
मृत्यु हुनेहरुमा ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमार महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्ती देवी महरा, ६० वर्षीया रामकुमारीदेवी महरा, ३० वर्षीया सकुन्तलादेवी महरा र स्कर्पियो चालक सिराहा अर्नामा नगरपालिका–५ बलुवाटोलका४० वर्षीय श्रीकुमार यादव रहेका छन् ।

त्यस्तै स्कर्पियो दुर्घटनामा अन्य ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी इन्स्पेक्टर राजकुमार महतोले जानकारी दिए ।उनका अनुसार घाइते हुनेहरुमा सिराहाको अर्नाना नगरपालिका–३ का उमेश रामको श्रीमती ३० वर्षीया राधा राम, उनका छोरा २ वर्षीय आर्यन राम रहेका छन् । त्यस्तै सोही स्थानका गणेश रामको श्रीमती २५ वर्षीया देवकुमारी महरा, उनका छोरा ७ वर्षीय रितिक महरा, ६० वर्षीया कन्यादेवी महरा रहेका छन् । उनीहरुको बयोधा अस्पताल वीरगंजमा रिफर गरिएको छ ।

त्यस्तै मृतकको शव पोस्टमार्टमका लागि जिल्लाको चपुरस्थित सरकारी अस्पतालको शव गृहमा राखिएको इस्पेक्टर महतोले जानकारी दिए ।

गएराति १ः१५ बजेको समयमा धन्सार पुलनजिकै जंगलमा पूर्वपश्चिम राजमार्गमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो आफैँ अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

सवारी दुर्घटनाको खबरपश्चात इलाका प्रहरी कार्यालय चन्द्रनिहागपुरबाट खटिएको टोलीले उनीहरुको उद्धार गरेको हो ।

यो पनि…

रौतहटमा स्कर्पियो दुर्घटना, ८ जनाको मृत्यु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?