चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी

लोकपथ
42
Shares

काठमाडौं । काठमाडौंको चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी भएको छ । कबाडी संकलन केन्द्र र बंगुर पालन गरिएको ठाउँमा मंगलबार बिहान आगलागी भएको हाे ।

आगो अझैसम्म नियन्त्रणमा आइै नसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए । उनले आफूलाई जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको तर जस्ता बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताए । उनले स्काइभेटर मगाएर आगो जस्ता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए ।

करिब आधा आगो नियन्त्रणमा आएको उनले बताए । अहिले नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?