मंसिरमा स्थानीय तहको उपनिर्वाचन गर्ने तयारी, आयोगले गर्‍यो सरकारसँग परामर्श

लोकपथ
231
Shares

काठमाडौं । निर्वाचन आयोग नेपालले स्थानीय तहको उपनिर्वाचनको मिति तोक्नेबारे सरकारसँग परामर्श गरेको छ ।

आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरी सो विषयमा परामर्श गरेका हुन् ।

छलफलका क्रममा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन गर्न परामर्श दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?