काठमाडौं । अर्घाखाँचीमा आज बुधबार बिहान जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतितसिंह राठोरका अनुसार, शितगंगा–१२ हिलेखोला नजिक आज बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डवल क्याप जीप दुर्घटनामा परेको हो । उनले जीप सडकबाट करिब ६० मिटर तल खसेको बताए ।
सो जीप अर्घाखाँचीकै जत्रदेवबाट बुटवल जाँदै गरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया