नुवाकोटको सूर्याचौरमा हेलिकप्टर दुर्घटना

लोकपथ
3.4k
Shares
सांकेतिक तस्बिर

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ७ स्थित सूर्याचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।

सूर्याचौरको जंगलमा हेलिकप्टर दुर्घटना पश्चात आगलागी भइरहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले लोकपथलाई जानकारी दिए ।

स्थानीयहरुका अनुसार केहीबेरअघि त्यहाँ ठूलो आवाज आएको र हेलिकप्टर दुर्घटनाको खबरपश्चात आफूहरु त्यहाँ जान लागेको बताए ।

‘सूर्याचौरको जंगलमा हेलिकप्टर दुर्घटना भएर आगलागी भएको जानकारी प्राप्त भएको छ । हामी त्यहाँ जाँदैछौँ,’ उनले लोकपथसँग भने ।

अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?