के छ शीर्ष नेताहरुलाई बुझाइएको टीआरसीसम्बन्धी सहमतिको प्रतिवेदनमा ? (पूर्णपाठ)

लोकपथ
182
Shares

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमतिसहितको प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाइएको छ ।

आज टीआरसी सम्बन्धी विवादित विषयमा सहमति गरी तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई बुझाइएको हो ।

बुधबार प्रधानमन्त्री कार्यालयमा ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको उपस्थितीमा प्रतिवेदन बुझाइएको हो ।

टीआरसीमा सहमति जुटाउन वर्तमान गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलमा कांग्रेसका तर्फबाट लेखक, एमालेका तर्फबाट महेश बर्तौला र माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा सदस्य रहेका थिए ।

गत बिहीबार उक्त विधेयकमा सहमति जुटेको थियो । त्यससँगै चालु अधिवेशनबाटै टीआरसी विधेयक पारित गर्न तीन दल सहमत भएका छन् ।

गत असार १३ गते गठित कार्यदलले विभिन्न मितिमा ६ वटा बैठक बसेर सहमतिको टुंगो लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?