गुल्मीमा पहिरोले घर बगाउँदा पुरिएर चार जनाको मृत्यु, दुई जना घाइते

लोकपथ
5.4k
Shares

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनास्थित दुई घर पहिरोले बगाउँदा पुरिएर ४ जनाको मृत्यु भएको छ । बिसौनास्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिएको हो ।

पहिरोमा पुरिएर ६७ वर्षीय हुकुम विक, उनका छोरा ४६ वर्षीय गोरे विक, हुकुमकी बहिनी ६६ वर्षीया मसुरी विक र नातिनी अढाइ वर्षीया रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक (इन्स्पेक्टर) रामकुमार केसीले बताए ।

त्यस्तै पहिरोले पुरेर ३१ वर्षीय विष्णु विक र उनको श्रीमती २३ वर्षीया मुना विक घाइते भएका छन् ।
लगातारको वर्षापछि घरमाथिबाट लेदोसहितको पहिरोले मंगलबार बिहान दुईवटा घर पुरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?