गुल्मीमा पहिरोले घर बगाउँदा एकको मृत्यु, तीन जना बेपत्ता

लोकपथ
2.3k
Shares
फाइल तस्बिर

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । यस्तै, दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार, मंगलबार बिहान घरमाथिबाट लेदोसहितको पहिरोले विष्णु विक र हुकुम विकको घर पुरिएको हो ।

बेपत्ता भएकाहरूको खोजीका लागि प्रहरी र स्थानीयवासी परिचालन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?