सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज सोमबार विश्वासको मत लिँदैछन् । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् ।
सत्तासाझेदार दल माओवादी केन्द्रका मन्त्रीहरु बाहिरिएको र समर्थन पनि फिर्ता लिएकाले मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनु परेको हो । माओवादीका मन्त्रीहरु बाहिरिएपछि कर्णाली प्रदेश सरकारमा कांग्रेस ‘इन्ट्री’ भइसकेको छ । कर्णालीमा कांग्रेसका चार जना मन्त्रीहरुले जिम्मेवारी पनि बहन गरिसकेका छन् ।
कुल ४० सदस्यीय कर्णाली प्रदेशमा बहुमतका लागि २१ सदस्यको आवश्यक पर्छ । कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य छन् । नेपाली कांग्रेस र एमालेको २४ मत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाउनेमा कुनै शंका भने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया