सिरहा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज बिहीबार बिहान निधन भएको छ । आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका– २ पोखरभिण्डामा उनको निधन भएको हो ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनी आर्थिक समस्याका कारण काठमाडौंमा उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।
२०१२ साल साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्मिएका उनको शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने गरिन्छ । कामतले पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया