काष्टमण्डप इभेन्टले धान दिवस मनाउने

लोकपथ
322
Shares

काठमाडौं । काष्टमण्डप इभेन्टले असार १५ गते धान दिवस मनाउने भएको छ । काष्टमण्डप इभेन्टले काठमाडौंको तारकेश्वर-३ मा धान दिवस मनाउन लागेको हो ।

नेपाल कृषि प्रधान देश भएकाले र पछिल्लो समयमा युवाहरुको कृषिप्रतिको लगाभ घट्दो क्रममा रहेकाले धान दिवस मनाएर युवाहरुलाई कृषीमा आकर्षण गर्ने उदेश्य रहेको काष्टमण्डप इभेन्टका म्यानेजर अनिल जंग थापाले लोकपथलाई जानकारी दिए ।

धान दिवसमा इभेन्टले रोपाइ तथा असारे गीतको पनि आयोजना गर्ने छ । असारे गीत गाएर मौलिक संस्कृती जोगाउन पनि टेवा पुग्ने पनि आयोजक कमिटीको विश्वास छ ।

त्यस्तै कार्यक्रमको मुख्य प्रायोजकको रुपमा सुजिम बजार रहेको छ । काष्टमण्डप इभेन्टले विभिन्न समयमा इभेन्टहरु गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?