पिच भएको मूल सडक नै बिक्री

काभ्रे – जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साविक धुलिखेल नगरपालिका-३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो ।

मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले मोटर बाटो भएको प्रमाणित गरेको छ ।
जग्गा बिक्री गर्ने मीना भैल, धुनपा-७ बखुन्डोलका लोकेन्द्र तोलांगे र उनकी श्रीमती सोनुलाईपक्राउ गरिएको अनुसन्धान अधिकृतसमेत रहेका प्रहरी निरीक्षक दीपक रायले जानकारी दिए । उक्त जग्गा ३ पटक बिक्री भइसकेको छ । खरिद गर्ने कृष्णराम दुवाल, लक्ष्मीप्रसाद प्रजापति र प्रवीण बाटीको उजुरी आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?