१७ किलो गाँजासहित एकजना पक्राउ

लोकपथ
78
Shares

रौतहट । १७ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फतुवाबिजयपुर नगरपालिका-११ भैसही टोल बस्ने ६३ वर्षीय दयालाल पैसवानलाई अवैध लागुऔषध गाँजा १७ किलो ५ सय ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पैसवानले आफ्नै घरमा लागुऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी दुधिअवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?