उपचिर्वाचन : इलाम-२ मा अहिलेसम्म ४२ प्रतिशत मतदान

लोकपथ
143
Shares

इलाम । इलाम-२ मा जारी उपचिर्वाचनमा हालसम्म ४२ प्रतिशत मत खसेको छ ।

बिहान सात बजेदेखि सुरु भएको मतदानमा एक बजेसम्म ४२ प्रतिशत मात्रै मत खसेको हो ।

इलाम क्षेत्र नम्बर -२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् । इलाममा साँझ ५ बजेसम्ममा मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउनेछन् ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार  ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?