उपनिर्वाचन : इलाममा आज रातिदेखि नै मतगणना हुने, बझाङको आइतबार

लोकपथ
338
Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ को मतगणना आजै राति देखि शुरु हुने भएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ ।

इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै बझाङमा पनि ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने सम्भावना रहेको छ । सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?