एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी


प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार ०२:१७

 सिन्धुली-हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ ।

प्रधानाध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका विद्यार्थीलाई दिनमा एक पिरियड मात्रै पढाउने गरेका छन् । ‘एकजनाले पाँचवटा कक्षाकोठामा पढाउनुपर्ने अवस्था छ । दिनमा एक कक्षाकोठामा एक घन्टी मात्र जान भ्याइन्छ ।

अन्य समय विद्यार्थीलाई पढ्दै गर, फलानो पाठ पढ भन्नुको विकल्प छैन,’ उनले भने । विद्यालयमा ९० जना विद्यार्थी छन् । नौजना बालविकास कक्षामा अध्ययनरत छन् भने एकदेखि पाँच कक्षासम्म ८१ विद्यार्थी छन् । कक्षा १ मा १९, २ मा १०, ३ मा आठ, ४ मा २७ र ५ मा १७ विद्यार्थी अध्ययनरत छन् ।

बालविकास कोटामा पातलीमाया थिङ कार्यरत छिन् । ‘बालविकासमा पढ्ने बालबालिकालाई एकजनाले छोड्नै मिल्दैन, अन्य कक्षाका विद्यार्थीलाई आफू एक्लैले पढाउनुपर्ने अवस्था छ,’ प्रधानाध्यापक गोपाल थिङले भने, ‘विद्यालयको शिक्षक पनि आफैँ, आफ्नो प्रधानाध्यापक पनि आफैँ भएको छु ।’ लामो समयदेखि आफू एक्लैले पढाउँदै आएको उनले बताए । ०४५ मा स्थापना भएको विद्यालयको भवनसमेत जीर्ण छ । काठले बारेर बनाइएको विद्यालय पानी पर्दा र हावाहुरी चल्दा बन्द गर्नुपर्ने अवस्था छ । नयाँ पत्रिकामा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस
झैझगडा गर्नेदेखि बलात्कारीसम्म : ११७ सैनिक कारबाहीमा परे

काठमाडौँ । नेपाली सेनामा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका कडाइका साथ लागू गरिएको

उपनिर्वाचनका लागि यी २१ दलले दिए निवेदन

काठमाडौँ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी

नियम विपरित काठमाडौं महानगरले एक अर्ब रुपैयाँ मुद्दती खातामा राखेका खुलासा

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासको क्षेत्रमा विनियोजन गरेको बजेट खर्च गर्न नसकेपछि बढी

मिसनमा जाने सैनिकको तलब बढ्यो

काठमाडौं। नेपाली सेनाले शान्ति सेनामा सहभागी हुन जाने सैनिकको भत्ता बढाएको छ ।