कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

लोकपथ
221
Shares

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई तीन दलका २३ सांसदले विश्वासको मत दिएका हुन् ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा परेसँगै प्रदेश सभा सदस्यहरूको सङ्ख्या सभामुखसहित ३९ रहेको छ । 

मुख्यमन्त्रीमा नियुक्त भएको १७ दिन पुग्दा पनि कँडेलले अझै मन्त्रिपरिषदलाई भने पूर्णता दिन सकेका छैनन् । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको कँडेल निकट सांसदहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?