धादिङ दुर्घटना : मृत्यु हुनेको संख्यां ९ पुग्यो

काठमाडौं । धादिङको गजुरी ६ बन्छेटारमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ । आइतवार बिहान काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना७ख ४३८७ नम्बरको बस बन्छेटारबाट त्रिशुलीमा  खसेको हो । 

प्रहरी निरीक्षक नवराज ढुङ्गेलका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ९ पुगेको जनाएका छन् । 

मृत्यु हुनेहरुमा काठमाडौं थानकोटका ५१ वर्षीय राज कुमार सुवेदी, इलामको कन्याम बस्ने ४६ वर्षीय विशाल गिरी, धादिङ बेनीघाट रोराङ गा.पा. ३ बस्ने ४३ वर्षीय राजन आचार्य, काठमाडौं चन्द्रागिरी न.पा बस्ने ४० वर्षीया सिता थपलिया, शेखर मगर, प्रकाश श्रेष्ठ र नामथर तथा ठेगाना नखुलेका अन्य तीन जना रहेको प्रहरी निरीक्षक ढुङ्गेलले जानकारी दिए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?