काठमाडौं । प्रहरीले नयाँ बसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिएको छ ।
आइतवार बिहान सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आयोजना गरेको कार्यक्रममा शान्त, सुरक्षित र सभ्य नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले गोँगबु क्षेत्रको विकृति अन्त्यको लागि स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।
गोँगबु क्षेत्रका नागरिकले पीडकको पक्षमा भन्दा पीडितको पक्षमा आवाज उठाउनुपर्ने उपरीक्षक सुवेदीको भनाइ छ ।
यसैगरी होटल सञ्चालकहरुलाई मर्यादित भएर व्यवसाय सञ्चालन गर्न टोखा नगरपालिका–९ का अध्यक्ष जोगप्रसाद नेपालले आग्रह गरे । यातायात क्षेत्रको सुधारका लागि गोँगबु क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका बाटोका पसल हटाउनुपर्ने बताउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले भने, “नयाँ बसपार्क वरपर जथाभावी रुपमा सञ्चालन भएका टिकट काउन्टरलाई बसपार्क्भित्र लैजान महासङ्घ लागिपरेको छ ।”
नमूना गोँगबु निर्माणका लागि सामुदायिक सेवा केन्द्रले काम गरिरहेको सामुदायिक सेवा केन्द्र गोँगबुका अध्यक्ष राकेश सिंहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया