त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, दुई दर्जन घाइते

काठमाडौं । धादिङमा आज ‘आइतवार’ बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

साथै दुई दर्जनबढी घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेपनि उनीहरुको सनाखत हुन सकेको छैन । 

मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौं जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अन्य दुईको सनाखत भएको छैन । 

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३८७ नम्बरको  बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खसेको थियो । 

घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। अन्यको स्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार जनाइएको छ । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?