हेटौँडामा दुई बस आपसमा ठोक्कियो : एकको मृत्यु, ३० घाइते

मकवानपुर । हेटौंडामा दुई बस एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छछन् । 

हेटौँडा नगरपालिकाको ३ लेवटमा काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको बस र पशुपतिनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २०५७ नम्बरको बस एक आपसमा ठोकिएको हो । 

ठक्करबाट घाइते भएका ना ७ ख २०५७ नम्बर बसका चालक मानबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा दुवै बसका यात्रु घाइते भएका छन् भने घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको छ उनीहरुलाई उपचारका लागि चितवन रिफर गरिएको छ । अन्य २७ जनाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?