रुपन्देहीको कन्चन खोला नजिकै बम विस्फोट

बुटवल । रुपन्देही कन्चन गाउँपालिकामा शनिवार बिहान बम विस्फोट भएको छ । 

कन्चन गाउँपालिका वडा नं. २ कन्चन खोला नजिकै रहेको खाली चौरमा शनिवार बिहान ४ बजे सिलिण्डर बम विस्फोट भएको हो । 

विस्फोटबाट कुनै क्षति नभएको प्रहरी जनाएको छ । 

बम विस्फोट बिहान भएपछि स्थानीयवासीले ७ः३० बजे मात्रै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

त्यसैगरी रुपन्देहीकै ओमसतीया गाउँपालिका १ कटैयामा होक्स बम फेला परेको छ । 

‘खतरा’ लेखिएको डिब्बामा राखिएको शंकास्पद वस्तु होक्स बम रहेको र नेपाली सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ ।

बम विष्फोट गराउने र बम राख्ने समूहको बारेमा नखुले पनि प्रहरीले भने विप्लव नेतृत्वको नेकपाले राखेको हुन सक्ने शंका गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?