भाईको गोली प्रहारबाट दाईको मृत्यु

काठमाडौं । घरायसी विवादका कारण पर्सामा भाइले दाईलाई गोली प्रहार गरि हत्या गरेका छन् । 

पर्साको जिराभवानी गाउँपालिका १ मा बलुवा टोलमा ३८ वर्षीया शेख सेरामसद्धिनले ४८ वर्षीया दाई शेष फारुकको गोली हानी हत्या गरेका हुन् । 

बिहीवार राति घरायसी विवाद भएपछि सेरामुद्धिनले दाई फारुकलाई कटुवा पेस्तोलले गोली हानी घाइते बनाएका थिए । घाइते फारुकको उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । त्यहा उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेज रिफर गरिएको थियो । 

नेशनल मेडिकल कलेजमा पनि उपचार सम्भवन नभएपछि थप उपचारका लागि काठमाडौं लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरी भाई सेरामुद्धिनलाई पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?