प्रजातान्त्रिक विचार समाजको ११औ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।
मुलुकमा मानव अधिकार, बहुदलीय प्रजातन्त्र, कानुनी राज्य तथा बहुलवादमा आधारित संसदीय प्रणालीको संस्थागत विकास र सुदृढीकरणमा क्रियाशील रहन र यसलाई निरन्तरता दिन प्रजातान्त्रिक विचार समाजले यो ११औ राष्ट्रिय महाधिवेशन गरेको हो ।
पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति अध्यक्ष शेरबहादुर देउवाको प्रमुख अतिथ्यता सुरु भएको कार्यक्रमकमा समाजसेवी तथा वुद्धिजीवी नुतन थपलियालाई सम्मान पत्र दिइएको थियो ।
त्यस्तै हाँस्यकलाकार राजेन्द्र गिरी र शिवहरि नेपाललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा कांग्रेस नेता अर्जुन नरसिङ केसी, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा. केदार नरसिङ केसी, कुष्ण प्रसाद सिटौलाको उपस्थिति रहेको थियो । महाधिवेशन आज र भोली चल्नेछ ।
यस्तो देखियो प्रजातान्त्रिक विचार समाजको राष्ट्रिय महाधिवेशन कार्यक्रममा ( फोटोफिचर )











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया