वायुसेवा निगमको ६ महिनामा डेढ अर्ब नोक्सानी

काठमाडौँ – विमान खरिद गर्नुअघि नेपाल वायुसेवा निगमले तयार पारेको व्यावसायिक योजनाअनुसार दुईवटा विमानले दमाम, सिड्नी, टोकियो, हङकङलगायतका सेक्टरमा उडान सुरु गर्नुपर्ने थियो ।

निगमको तत्कालीन नेतृत्व सुगतरत्न कंसाकारले खरिदमा चासो दिएपछि व्यावसायिक योजनाअनुसार काम नगर्दा आम्दानी हुन सकेको थिएन ।

गत वर्ष निगमको कार्यकारी अध्यक्षमा नियुक्त मदन खरेलमाथि समेत विमान प्राप्त भइसकेपछि पनि गन्तव्यको टुंगो लगाउन नसकेको आरोप छ ।

‘गन्तव्य टुंगो लगाएर प्रभावकारी सञ्चालन गर्न नसक्दा नियमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको नोक्सानी अनुमानित १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘व्यावसायिक योजनाअनुसार विमान सञ्चालन गर्न नसके थप नोक्सानी वृद्धि भई लगानीको प्रतिफल प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।’ कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?