प्रि–मनसुनको प्रभाव देशभर

काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभर प्रि–मनसुनको प्रभावका कारण वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधवार राति काठमाडौं उपत्यकामा ५ दशमलव ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।

मुलुकको पश्चिमी क्षेत्रमा विकास भएको न्यून चापिय प्रणालीका कारण देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रमा वर्षा भएको हो ।

यो प्रणाली पश्चिमबाट पूर्व तर्फ सर्दै गएकाले अपरान्ह पूर्वका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (बहीवार) अपरान्हपछि पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेक्रमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाकी मौसमविद् मञ्जु वाफिले जानकारी दिइन् ।  

भोलि (शुक्रवार)बाट क्रमश सुधार हुँदै जाने उनले बताइन् ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?