कान्छी आमाको दाहसंस्कार गर्दैगर्दा बगेर मृत्यु


लोकपथ
प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार १६:०४

दाङ–दाङमा आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका एक व्यक्तिको नदीमा बगेर मृत्यु भएको छ ।

कमलपित्त रोगका कारण मृत्यु भएकी लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका–७ निवासी ५२ वर्षीय कर्णबहादुर घर्तीको आज नदीमा बगेर मृत्यु भएको हो ।

    राप्ती नदीमा दाहसंस्कारपछि नुहाउँदै गर्दा नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका उहाँको अपरान्ह् ३ बजेतिर ५० मिटर तल मृत अवस्थामा शव फेला परेको थियो । शव परीक्षणका लागि लमही अस्पताल लगिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सभामा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको

कन्टेनर डिब्बा जलेर नष्ट

काठमाडौं । चालू लाइनको तार एकआपसमा जुध्दा विद्युत् प्रवाह भएका कारण सीमावर्ती क्षेत्र

माधवकुमार नेपालले प्रधानमन्त्रीलाई पठाए यस्तो संदेश !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा सम्पूर्ण