समाजवादी पार्टीका कार्यकर्ताद्वारा एभिन्यूज टेलिभिजनको कार्यालयमा तोडफोड (फोटोसहित)

काठमाडौं । एभिन्यूज खबर टेलिभिजनको वीरगञ्जस्थित ब्यूरो कार्यालयमा समाजवादी पार्टी नेपालका कार्यकर्ताले तोडफोड गरेका छन् । 

आइतवार साँझ समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसँगको अन्तर्वार्ताको विषयलाई लिएर आक्रोशित भएका समाजवादी पार्टीका कार्यकर्ताले ब्यूरो कार्यालयमा तोडफोड गरेको टेलिभिजनको आरोप लगाएको छ ।

१० जनाको समुहमा आएको युवाको समूहले कार्यालय तोडफोड गरेको हो ।

कार्यालयमा रहेका क्योमरा, कम्प्युटर लगायतका सामग्रीमा क्षति पुगेको छ । 

घटनापछि दुवै पक्षलाई सन्यमता अपनाउन प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले आग्रह समेत गरेका छन् । 

घटनाको विषयमा अनुसन्धान भइरहेको वीरगञ्ज प्रहरीले जनाएको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?