राष्ट्रपतिद्वारा ‘बेटी बढाऔँ, बेटी बचाऔँ’ अभियानको प्रशंसा

जनकपुरधाम । सीता नवमीको अवसरमा प्रदेश २ को राजधानी जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी बढाऔँ, बेटी बचाऔँ’ अभियानको प्रशंसा गरेकी छन् । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शुरु गरेको अभियान बारे राष्ट्रपति भण्डारीले खुलेरै प्रशंसा गरेकी हुन् । 

सोमवार जानकी मन्दिर प्राङ्णमा आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘यो अभियान सही ढँगले अगाडि बढिरहेकाले प्रशंसा गर्न चाहन्छु ।’ 

साथै यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिइन् ।

प्रदेश २ मा सामाजिक विकृति र विसंगति विद्यमान रहेको चिन्ता गर्दै उनले भनिन्, ‘यो चिन्ताको विषय हो । यसको अन्त्यका लागि हामी सबै कृयाशील व्यक्तिलाई अगाडि आउनु जरुरी छ ।’

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 31 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?