काठमाडौं । काठमाडौंको चाबहिलबाट लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खोटाङको तुवाचङ ५ घर भई हाल काठमााडौंको मुलपानी बस्दै आएका वर्ष २६ को सुरेश राई र सोही ठाउँ घर भई हाल काठमाडौंको बालुवाटार बस्दै आएका वर्ष ३० को बबिन राई छन् ।
महानगरीय प्रहरी कपनबाट परिचालन गरिएको प्रहरीको टोलीले उनीहरुलाई जाँच गर्दा आठ ग्राम खैरो हिरोइनको २५ वटा पोका फेला पारेका थिए ।
कपन प्रहरीका अनुसार उनीहरुलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।
www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 31 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया