काठमाडौं । प्रहरीले अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको आशङ्कामा १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
शनिवार काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
पक्राउ पनेमा भारत नयाँदिल्ली घर भएका साइ ग्रुपमा प्रवन्धक निर्देशक ४३ वर्षीय रसिद नसिम, बैङगोल घर भई भारतीय नागरिक बताउने नेपाली मूलका वर्ष ३५ का महेन्द्र सिंह रहेका छन् ।
उनीहरुसँगै भारत इलाहावाद बस्ने वर्ष ३१ को मोहम्मद साइजिल, वर्ष ३३ को अजितकुमार सिंह, छतिसगढ बस्ने वर्ष ४५ को निरजकुमार मिश्र, उत्तरप्रदेश बस्ने वर्ष ४३ को अशोक कुमार, छत्तिसगण् बस्ने वर्ष ४३ को गिरिस उपाध्याय, सोनभद्र बस्ने वर्ष ४० को रमेश राम, गुजरात बस्ने वर्ष २२ को आयुश उपाध्याय, उत्तरप्रदेश बस्ने वर्ष ३८ को सुनिल उपाध्याय, लखनउ बस्ने वर्ष ३२ को कसिफ सकिल, सारामाईला बस्ने वर्ष ३२ को गजेन्द्रकुमार सिंह रहेका छन् ।
नसिम र सिंहलगायतकाले नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले गए राति होटलमा छापा मारेको थियो । त्यस क्रममा पक्राउ परेका अभियुक्तलाई अहिले महानगरीय प्रहरी परिसरमा ल्याई अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया