हत्या आरोपी मोक्तान ९ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीले हत्या आरोपमा फरार रहेका एक जनालाई  ९ वर्षपछि पक्राउ गरेको छ । 

०६७ सालमा गोकुलेमा दीर्घबहादुर गोलेलाई हत्या गरि फरार रहेको ललितपुर माहानगरपालिका २, सानेपा बस्ने काभ्रेपलाञ्चोक माहाभारत गाउँपालिका २ का ईन्द्र बहादुर मोक्तानलाई शनिवार प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ गरिए लगत्तै उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, काभ्रे पठाइएको एसपी गिरीले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?