सरकारको निर्णयविरुद्ध पत्रकार महासंघ आन्दोलित

काठमाडौं । नेपाल पत्रकार महासंघले आज (आइतवार)देखि सरकारविरुद्ध आन्दोदन शुरु गरेको छ । 

मिडिया काउन्सिलसम्बन्धी विधेयकले सञ्चार क्षेत्रमाथि अंकुश लगाएको आरोपसहित महासंघले आन्दोलन शुरु गरेको हो । 

संसदमा दर्ता भएको विधेयकको प्रावधान सच्याउन माग गर्दै साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको महासंघले आज दिउँसो २ः३०बजे सरोकारवाला र विज्ञहरूसँग छलफल गर्दैछ ।

महासंघका पूर्व पदाधिकारी, विभिन्न सञ्चार माध्यमका सम्पादक, कानूनविद् तथा विज्ञहरूसँग छलफल गर्न लागिएको महासंघका उपाध्यक्ष दिलीप थापा मगरले जानकारी दिए ।

महासंघले जेठ ३ सम्मका लागि विभिन्न चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

विधेयकमा समाचारले क्षतिपुगेको संस्था वा व्यक्तिलाई क्षतिपूर्ति स्वरुप १० लाख रुपैयाँ दिनुपर्ने उल्लेख छ । 

महासंघले संसदमा विचाराधीन विज्ञापनसम्बन्धी ऐन र सूचना प्रविधिसम्बन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्याउन पनि माग गरेको छ ।

साथै आम सञ्चार ऐनको मस्यौदा विधेयकमा पत्रकारलाई पचास लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना र १५ वर्ष कैद सजायको प्रस्ताव गरिएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 33 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?