दैलेख केन्द्रविन्दु भएर ५.१ रिक्टर स्केलको भूकम्प

दैलेख । दैलेख केन्द्रविन्दु भएर शनिवार राति भूकम्प गएको छ । 

जिल्लाको नौमुले गाउँपालिकास्थित बालुवाटार केन्द्रविन्दु भएर शनिवार राति १२ः३६ बजे ५.१ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । 

भूकम्पको धक्का दैलेखसँगै यस आसपासका जिल्लाहरुमा पनि महसुस भएको छ ।

भूकम्पले पुर्याएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?