दुई मोटरसाइकल एक आपसमा ठोक्किदा ४ घाइते

विराटनगर । विराटनगरमा एक आपसमा मोटरसाइकल ठोक्किदा चार जना गम्भीर घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । 

विराटनगरको सम्झना चोकस्थित विपरीत दिशाबाट आइरहेको को३३प ४७३४ नम्बरको पल्सर मोटसाइकल र स९प९७०६ नम्बरको अपाची मोटरसाइकल एक आपसमा ठोक्किएको हो । 

घाइते हुनेमा राजविराज निवासी मनिस यादव र प्रमोद यादव छन् भने लाहान निवारी विनोद अधिकारी र दिनेश शाह रहेका छन् । 

घाइते अधिकारी र शाहको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुवैको धरान रोडस्थित विराट नर्सिङ होमको आईसियूमा राखेर उपचार भइरहेको छ । साथै अन्य दुईको पनि सोहि ठाउँमा उपचार भइरहेको स्थानीय प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?