अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख अमेरिकी डलरसहित भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । 

शुक्रवार दिउँसो नेपाल एयरलाइनको उडान RA२०१ विमानबाट भारतको राजधानी नयाँ दिल्ली जान लागेकी भारतीय यात्रु ४४ वर्षीया बन्दाना सोनी भन्ने बन्दना घाश्याम सोनीलाई प्रहरीले पक्राउ गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा चेकजाँच गर्ने क्रममा उनी पक्राउन परेकी हुन् । 

उनको साथबाट अमेरिकी डलर १ सयको दरले एक हजार थान (एक लाख) अवैध रुपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साथै भारतीय नागरिक मतदाता परिचयपत्र समेत बरामद गरिएको छ । 

फेला पारिएको अमेरिकी डलरसहित उनलाई आवश्यक अनुसन्धन एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पाइएको प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?