काठमाडौं । इमेज एफएमका पूर्व स्टेशन म्यानेजर तथा लोकप्रिय रेडियोकर्मी सुरज श्रेष्ठको आज (शनिवार) निधन भएको छ ।
लामो समयदेखि मोर्टार न्युरोन डिजिज एमएनडीबाट पीडित श्रेष्ठको ४५ वर्षको उमेरमा निधन भएको हो ।
उनको चाबहिलस्थित ओम अस्पतालमा आज बिहान ३ बजे निधन भएको हो ।
नसा सम्बन्धि सो रोगका कारण श्रेष्ठ हातगोडा नचल्ने, बोल्न नसक्ने लगायतका समस्याबाट पीडित थिए । विगत चार वर्षदेखि श्रेष्ठ बिरामी थिए । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया