काठमाडौं । काठमाडौंको बल्खुचोकका दुई वटा बस र एउटा मोटरसाइकल एकआपसमा ठोक्किदा ७ जना घाइते भएका छन् ।
दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बिहीवार दिउँसो कीर्तिपुरबाट रत्नपार्क आउँदै गरेको बा२ख९९९७ नम्बरको बस र सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बा३ख३१४७ नम्बरको बस तथा सोही दिशातर्फ जाँदै गरेको बा२९प ७७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।
दुर्घटनामा हरिपुर सर्लाही घर भइ हाल कीर्तिपुर बस्ने अजय कुमार राम, सुर्खेत घर भइ डल्लु बस्ने पूर्णप्रकाश अधिकारी, कीर्तिपुर भत्केपाटिकी सरस्वती घिमिरे छन् ।
साथै उदयपुर घर भई हाल कुमारी कल्व बस्ने मोटरसाइकल चालक बाबु ठकुरी, दाङ्ग घर भई कीर्तिपुर बस्ने दिपक बिक र बा२ख९९९७ नम्बरका बस चालक भत्केपाटिका शैलेश क्षेत्री रहेको प्रहरी नायव निरीक्षक हरेराम महराले नेपाल तारालाई जानकारी दिए ।
त्यस्तै गम्भीर घाइते भएका हरी शरण बस्नेको भने ठेगाना खुल्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया