काठमाडौँ– सरकारले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा पु-याउनका लागि विद्यालय भर्ना अभियानलाई सघन ढङ्गले सञ्चालन गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले आजदेखि दुई सातासम्म तीनै तहको सरकारको पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा देशव्यापी रुपमा विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले हरेक वर्ष वैशाख २ गतेलाई ‘विद्यालय भर्ना’ दिवसका रुपमा मनाउने निर्णय पनि गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए ।
तीनै तहका सरकार, सरकारी निकाय तथा सरोकार पक्षको सहकार्यमा दिवस मनाइने छ । यसैगरी बैठकले अन्तरराष्ट्रिय महत्वका समसामयिक विषयमा विमर्श चलाउन ‘सगरमाथा डाइलग’ नामको स्थायी मञ्च बनाउने निर्णय गरेको छ । सोअनुसार पहिलो कार्यक्रमका रुपमा आउँदो आर्थिक वर्षमा जलवायु परिवर्तनसम्बन्धी विषयमा संवाद गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया