काठमाडौं–टोखा नगरपालिका–८ वानियाटार चोकबाट मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरको छ ।
पक्राउ पर्नेहरुमा टोखा नगरपालिका बानियाटार बस्नेहरु २१ वर्षीय दिपक लिम्वु, ३२ बर्षीय राकेश लिम्बु र २१ वर्षीय विश्वास लिम्बु रहेका छन् ।
मादक पदार्थ सेवन गरी गरी होहल्ला गर्दै हिँडिरहेको अबस्थामा प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरीलाई हातपात गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया