काठमाडौं । मेलम्ची नगरपालिकाका ककर बहादुर थापाको ४१ वर्षीय छोरा नवराज थापाको लाश फेला परेका छ ।
नवराजको लाश कुही सडी गली सकेको अवस्थामा फेला परेको हो ।
प्रहरीका अनुसार मेलम्ची स्थित बाँसैराचौरको अंधेरी खोल्साको सिरानमा रहेको ऐंसेलु घारी उनको लाश भेटिएको थियो । अनुसन्धानका क्रममा ४० वर्ष का ताह बहादुर भण्डारी र २४ वर्ष को बिनोद गिरीलाई प्रहरीले नियत्रणमा लिएको थियो ।
उनीहरुले उत्तिसको लाठ्ठीले टाउकोमा प्रहार गरेको खुल्न आएको आएको प्रहरीको भनाई छ । घाइते बनाई बेहोस भए पश्चात नवराज थापाले पाईन्टमा लगाएको पेटी खोली दुबै जनामिलि उक्त पेटीले नवराजको घाँटी कसी मारेको र पछि ऐंसेलु घारीमा लगि फालेको उनीहरुको भनाई उदृत गर्दे प्रहरीले जनाकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया