काठमाडौं । विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
उनको रिहाइको माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट समेत सर्वोच्चले खारेज गर्दै थुनामुक्त गर्न नमिल्ने फैसला गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलाशले हेमन्तकी छोरी विपनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट बुधबार खारेज गरेको हो ।
यसअघि चैत १४ गते बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले हेमन्तप्रकाश वलीसहितका बन्दीलाई अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया