काठमाडौं । उच्च अदालतका न्यायाधीशले बुधवार पद तथा गोपनियताको सपथ लिएका छन् ।
न्यायपरिषदबाट सिफारिस भएका १८ जना न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको उपस्थितिमा उच्च अदालतका पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले सपथग्रहण गराएका हुन् ।
सपथग्रहण गर्नेमा किरण पौडेल, महेन्द्रनाथ उपाध्याय, रमेश ढकाल छन् । त्यस्तै निलम पौडेल, राजेशकुमार काफ्ले,लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, मोहम्मद जुने आजाद, बालमुकुन्द दुवाडी, नागेन्द्रलाल कर्णले पनि सपथ ग्रहण गरेका छन् । त्यस्तै अधिवक्ताहरुबाट नियुक्त जगवहादुर थापा, सरला पाण्डे, विमल सुवेदी, रेणुका शाह, डालकुमार खड्का, उज्ज्वल शुक्ल र नवराज थपलियाले पनि सपथ ग्रहण गरेका छन् ।
उच्च अदालतका न्यायाधीश १ महिनाको तालिम लिएर कार्यक्षेत्रमा जानेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया