काठमाडौं । सरकारले सहसचिव डा. हरि पौडेललाई सचिवमा बढुवा गरेको छ ।
यही चैत २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत डा. पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार सचिव बढुवाका लागि पौडेलसँगै हरि बस्याल र सुरेश अधिकारीपनि सिफारिसमा परेका थिए । तर, तीन जनाको सिफारिसमध्ये पौडेल वरिष्ठ भएकाले सचिव बढुवाका लागि सिफारिस गरिएको हो ।
सचिवमा बढुवा गरेको पौडेलको पदस्थापन हुन भने बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया