ग्वार्कोबाट चोरी भएको गाडी बालाजुबाट समातियो

काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले चोरीको गाडी सहित १ जनालाई पक्राउ गरेको छ ।

ललितपुर ग्वार्कोबाट बा।६ च ४४२५ नम्बरको डिआई गाडी चोरी भएको भनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोलबाट खबर प्राप्त भए खटिई प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका -२६ नयाँबसपार्क आकाशेपुल मुनि चेकजाँच गर्ने क्रममा आज  माछापोखरीबाट बिजि महल तर्फ आउदै गरेको अवस्थामा चालक सहित नियन्त्रणमा लिएको हे । 

 चालक ललितपुर महालक्ष्मी नगरपालिका-१४ बस्ने कमल महर्जन समेतलाई पक्राउ गरिएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?