सर्वोच्च अदालतको आदेशको वीरगञ्जमा विरोध

वीरगञ्ज । सर्वोच्च अदालतले दिएको आदेशको विरोधमा वीरगञ्जमा प्रदर्शन भएको छ ।

जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्रलाई कार्यान्वयन नगर्न  प्रदर्शन गरिएको हो । 

सरकारमै सहभागी संघीय समाजवादी फोरम नेपाल निकट युवा र विद्यार्थी संगठनमा आवद्ध नेता कार्यकर्ताहरुको सहभागीतामा वीरगञ्जमा प्रदर्शन गरेका हुन् । उनीहरुले सर्वोच्चको आदेश खारेज हुनुपर्ने र रिट दायर गर्ने अधिवक्तालाई कारबाही गर्नुपर्ने माग राखेका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?