काठमाडौं । प्रि–मनसुन सक्रिय भएका कारण काठमाडौं उपत्यकासहित मुलुकका पूर्वी र मध्य भागमा केही दिन लगातार वर्षा हुने भएको छ । यही कारणले बारामा आज पुनः बारामा हावाहुरीसहित वर्षा आएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद विभुति पोखरेलका अनुसार अपरान्ह १–२ घण्टा वर्षा रोकिए पनि बेलुका पुनः वर्षा हुन सक्छ । साथै यो क्रम केही दिन जारी रहने उनले बताए ।
पुर्वी र मध्य भागका प्रायः सबै स्थानमा मध्यम खालको वर्षा हुने उनले बताए ।
आज बिहान आएको असिना पानीसहितको हुरीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् भने घरका छाना समेत उडाएको छ । हुरी प्रभावित क्षेत्र बारा र पर्सामा अहिले पनि वर्षा भइरहेको छ ।
गत साताको आएको हुरीबाट बारा र पर्सामा २९ जनाको मृत्यु भएको थियो भने ४ सयभन्दा बढी घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया