भक्तपुर । दुई वर्षदेखि छोरी बलात्कार गर्दै आएको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।
रामेछाप उमाकुण्ड गाउँपालिका –१ घर भई हाल भक्तपुर चागुँनारायण नगरपालिका २ दुवाकोट बस्ने वर्ष ३५ वर्षीय पुरुषले १५ वर्षीया सौतेनी छोरीलाई विगत २ वर्षदेखि बलात्कार गर्दै आएको कुरा प्रहरीले जनाएको छ ।
आफ्नै घरमा पटक–पटक बोलाएर बलात्कार गर्दै आएको भनि महानगरीय प्रहरी वृत्त ठिमीमा बालिकाकी आमाले उजुरी दिएकी थिइन् ।
उजुरीको आधारमा बालिकाको सौतेनी बुवालाई नियन्त्रणमा लिई जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रेबती रमण पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया