भूकम्पको धक्का महशुस, सुदूरपश्चिम केन्द्रविन्दू

काठमाडौं । सुदूरपश्चिमको बैतडी र दार्चुला आसपासका क्षेत्रमा आज (मंगलवार) भूकम्पको धक्का महशुस गरिएको छ । 

आज बिहान ८ः३७ मिनेटमा ३ दशमलव ६ रिक्टर स्केटलको परकम्प गएको थियो । भूकम्पको महशुस बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

यसअघि चैत ४ गते पनि दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?